एउटै मञ्चमा २३ लिम्बु कवि
याक्थुङ लेखक संघ, उपत्यका समितिले २३ जना लिम्बु कविहरुलाई एउटै मञ्चमा उतार्ने भएको छ ।
२८ भदौं दिउँसो राष्ट्रिय नाचघरको मिनीहलमा कविहरू चन्द्रवीर तुम्बापो, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, प्रकाश आङ्देम्बे, बिमला तुम्खेवा, राज माङ्लाक, स्वप्निल स्मृति, सुन्दर कुरुप, हाङयुग अज्ञात लगायत २३ कवितले कविता वाचन गर्ने जोहो समितिले मिलाएको छ ।
ब्लिस म्यूजिकको सहकार्यमा रैथाने संगीत समूहको पाश्र्व संगीत रहने अन्प्लग्ड कवितावाचन कार्यक्रमको संगीत संयोजन समूहकी संस्थापक झूमा लिम्बुले गरेकी छिन् । बीचमा गायक यासेली योङ्हाङको मुन्धुमी गायन प्रस्तुतिपनि राखिएको छ ।
कार्यक्रममा तुम्याङको रुपमा बैरागी काइँला, बालकृष्ण माबुहाङ, अभि सुवेदी, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहनेछन् ।
‘लिम्बुवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी’ कविताहरु प्रस्तुत हुने कार्यक्रममा कविहरु अप्सरा लावती, उत्तम लिम्बु, देवेन्द्र सुर्केली, प्रदीप मेन्याङ्बो, बच्चु हिमांशु, मधु केरुङ, मुनाराज शेर्मा, रञ्जना लिङ्देन, रोहित आङबो, विष्णु नेम्बाङ, सनि लिम्बु, संगम सुहाङ, साङ्सेन वारक र सीता तुम्खेवाको पनि प्रस्तुति रहनेछ ।