टाटाको नयाँ वर्ष एक्सचेन्ज उत्सव शुरू
नयाँ वर्ष २०८२ को अवसरमा टाटा मोटर्सको ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ शुरू भएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक्सचेन्ज योजना ल्याएको हो। शुक्रबारदेखि शुरू भएको एक्सचेन्ज योजना आउँदो वैशाख २ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा ब्रान्डका नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी एक्सचेन्ज गर्न सकिनेछ। पुरानो गाडी लगेर २० प्रतिशत डाउनपेमेन्टमै टाटाको नयाँ ईभी खरीद गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटी सहित हरेक बूकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ।
यससँगै देशभर रहेका टाटा मोटर्सको शोरूममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ।