दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
देशका कुनाकाप्चाबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरू आन्दोलन लम्बिँदै जाँदा थकित बन्दै गएका छन्।
शिक्षा ऐनको माग गरिरहेका शिक्षकहरू एक सातादेखि काठमाडौंको सडकमा दैनिक प्रदर्शन गरिरहेका छन्। सदा झैं चैत २८ मा पनि शिक्षकहरू माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुगेका छन्।
शुरूआतको भन्दा आजभोलिको दृश्य भने फरक देखिन थालेको छ। शिक्षकको सहभागिता बढ्दै गए पनि उनीहरू थकित देखिन थालेका छन्।
.jpg)
माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुग्दासम्म कतिपय शिक्षक बस्दै, हिंड्दै गरिरहेका थिए। नयाँ बानेश्वरमा पनि सडकमै थचक्क बसेका शिक्षकहरू खुट्टा मुसारिरहेका देखिन्थे। कतिपयका पैतालामा चिरा परेका छन्। कतिपयका गाउँघरमै चिरा परेका पैताला काठमाडौंको सडकमा दैनिक ओहोरदोहार गर्दा दुख्न थालेका छन्। कतिपयका खुट्टा सुन्निएका छन्।
उनीहरू शारीरिक रूपमा त थाकेका छन् नै, आर्थिक समस्या पनि थपिंदै गएको बताउँछन्। केही दिनका लागि आर्थिक जोहो गरेर आएका शिक्षकलाई काठमाडौंको महंगो बसाइँ र खानपिनको चिन्ताले सताउन थालेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
यो पनि पढ्नुहोस् :