के एआईको सहयोगले विश्वभर तानाशाहहरू जन्मन थालेका हुन्?
प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले केही सीमित मान्छेको हातमा शक्ति र सत्ता केन्द्रीकृत हुँदै गएको छ। त्यसमा एआई (कृत्रिम बौद्धिकता)को विकासक्रमले झन् बढी सहयोग गरेको छ।
प्रविधिमाथि वर्चस्व राख्ने मान्छेहरूको मानवतासँग कुनै सरोकार देखिंदैन। ती सर्वसाधारणको डेटा संकलन गरी त्यसको प्रशोधन र व्यापारबाट आर्जित अकुत सम्पत्तिले अर्काे ग्रहमा वासस्थान सार्ने उद्यममा लागिरहेका छन्। पृथ्वीलोकमा पनि आफू लुक्न ‘कुनै विपत्तिले केही नहुने बंकर’ बनाइरहेका छन्। प्रविधिको उन्नयनले विश्वमा गरीबी हटाएर समानता फैलाउँछ भनिएकामा यसले झन् बढी वर्ग विभाजन बढाएको छ। तानाशाहहरूको जन्म गराइरहेको छ, जसको मानवतासँग कुनै लेनदेन छैन। एआई विज्ञ दोभान राई भन्छिन्, “मान्छेलाई प्रविधिले यसरी मदहोस बनाइदिएको छ कि ती आफ्नै कोटरीमा लट्ठ परिरहेका छन्, तिनले सही-बेठीक पनि छुट्याउन सकिरहेका छैनन। अहिले ट्रम्प र एलन मस्क जस्ताहरू ‘देउता’ भइरहेको देख्दा हाम्रो मूल्यमान्यता पूरै परिवर्तन नै हुने हो कि जस्तो पनि देखिन थालेको छ। यो डरलाग्दो अवस्था हो।” यसै विषयमा केन्द्रित रहेकर राईसँग गरिएको कुराकानी :
अन्तर्वार्ता : जेबी पुन मगर,
भिडिओ : सुमन नेपाली र अजय हाकुजू,
सम्पादन : राज यादव