समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
समाजवादी मोर्चाले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट समाजवादी मोर्चामा आबद्ध दलले जुलूस निकालेका थिए।
विभिन्न ठाउँबाट आएको जुलूस प्रदर्शनीमार्गमा विरोधसभामा परिणत भएको थियो। सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सम्बोधन गरेका थिए। प्रदर्शनमा ५० हजार सहभागी भएको समाजवादी मोर्चाको दाबी छ। गृह मन्त्रालयले भने समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी रहेको जनाएको छ।
भिडिओ : अजय हाकुजू
सम्पादन : राज यादव