तीनकुने क्षेत्रको कर्फ्यू हट्यो
राजावादीको प्रदर्शनले हिंसात्मक रूप लिएपछि काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यू हटेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबार बिहानदेखि कर्फ्यू हटाएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना प्रकाशन गरी कर्फ्यू स्थगन गरिएको जनाएका छन्।
राजावादीले आगजनी गरेपछि शुक्रबार साँझदेखि राति १० बजेसम्म सिनामंगल, तीनकुने हुँदै ललितपुरको साँध बालकुमारीस्थित बागमती पुलसम्म कर्फ्यू लगाइएको थियो। त्यस्तै, कोटेश्वरदेखि जडीबुटीसम्म पनि कर्फ्यू लगाइएको थियो।
त्यसलाई लम्ब्याएर शनिबार बिहान ७ बजेसम्म कर्फ्यू जारी गरिएको थियो। स्थिति सामान्य बनेपछि आज बिहान ७ बजेपछि कर्फ्यू हटाइएको हो।
यो पनि पढ्नुहोस्