ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
एनसेल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ।
यसका लागि एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता भएको छ। यो साझेदारीले थप उत्साह र हौसला प्रदान गरेको ललितपुर सिटी एफसीले जनाएको छ।
एनएसएलमा ललितपुर सिटी एफसीसँगै काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवनले प्रतिस्पर्धा गर्नेछन्।
ललितपुर सिटी एफसीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले बताए। पहिलो सिजनदेखि नै एनसेल प्रतियोगिताको प्रमुख प्रायोजक रहेको छ।