नेपाली युवालाई कसरी पुर्याइन्छ बर्माका ‘साइबर स्क्याम’ अखडामा?
तस्कर गिरोहले बेरोजगार नेपाली युवालाई थाइल्यान्डमा आकर्षक कमाइको लोभ देखाएर बर्मा पुर्याउँछ। बर्मा पुगेपछि बन्धक बनाउँछ। त्यसपछि उनीहरूलाई विश्वकै कुख्यात अनलाइन ठगीमा प्रयोग गर्छ।
नेपालीहरूलाई कसरी बर्मा लगिन्छ? त्यहाँ केकस्तो काममा लगाइन्छ? काम गर्न नसक्दा कस्तो यातना दिइन्छ? साइबर स्क्याम अखडाबाट भाग्न कति सम्भव छ?
बर्माबाट फर्केर आएका केही नेपाली युवकसँग हिमालखबरले कुराकानी गरेको थियो। उनीहरूमध्ये एक जना आफ्ना कुरा भिडिओ मार्फत बताउन राजी भए। बर्माबाट फर्केका उनै युवकसँग गरिएको कुराकानी :
विस्तृत पढ्न: बर्माको ‘साइबर स्क्याम’ अखडाबाट उम्किएका नेपाली बन्धक