मधेशीलाई इन्डियन मान्ने मानसिकता तोड्न पनि फिल्म बन्नुपर्छ : आशा मगराती, अभिनेत्री
निर्माता, कास्टिङ निर्देशक, लेखक र अभिनेत्री हुन्, आशा मगराती। कागबेनी, हाइवे, सेतो सूर्य, फोर नाइट्स हुँदै उनले अभिनय गरेको पछिल्लो फिल्म राजागंज प्रदर्शनको सँघारमा छ। क्राइम थ्रिलर जनरामा बनेको राजागंज आशाकै श्रीमान् दीपक रौनियारले निर्देशन गरेका हुन्। आशाका लागि यो फिल्म दुई कारणले विशेष छ।
पहिलो कुरा त, यस फिल्ममा उनले पहिलो पटक शीर्ष भूमिकामा अभिनय गरेकी छन्। दोस्रो, फिल्म निर्माणकै क्रममा उनलाई क्यान्सर भयो। र, रोगलाई जितेर फिल्म पूरा गरिन्। यस फिल्मकी निर्माता र सहलेखक पनि रहेकी उनी फिल्मले क्यान्सरसँग लड्न आत्मबल दिएकाले यो आफ्नो सपनाको काम भएको बताउँछिन्।
राजागंजले संविधान निर्माणताका भएको मधेश आन्दोलनको पृष्ठभूमिमा भएको घटना र मधेशी समुदायको कथा भनेको छ। भेनिस, बुसान लगायत अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चर्चा बटुलिसकेको फिल्म आउँदो चैत १ गते हलहरूमा लाग्ने तय भएको छ। यसै फिल्मकी मुख्य कलाकार, निर्माता र लेखक आशा मगरातीसँग गरिएको कुराकानी :
अतिथि : आशा मगराती, अभिनेत्री
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : सुमन नेपाली र अजय हाकुजू
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/144118