किताबका कुरा : प्रा. जर्ज भान ड्रिमसँग
भनिन्छ, शासकले जबसम्म आफ्नो बहुसांस्कृतिक समाजको व्याकरण बुझ्दैन, तबसम्म देश कहिल्यै उँभो लाग्दैन। झन् नेपालमा त १४२ वटा जातजाति बसोबास गर्छन् भने १२४ वटा भाषा बोलिन्छन्। राज्यले त विविधताको यस्तो गम्भीरतालाई झन् बढी संवेदनशील भई बुझ्नुपर्ने हो।
जब सांस्कृतिक विशेषता बुझ्न सकिन्न, बहुसांस्कृतिक समुदायमाझ साम्प्रदायिक सद्भाव कसरी कायम राख्न सकिन्छ? कसरी एकअर्काको भावना र आस्थाको संवेदनशीलता बुझ्न सकिन्छ? एकअर्काको सांस्कृतिक मान्यताको बुझाइको कमीले अहिले पूर्वी पहाडमा विवाद चर्किंदै गएको छ। राज्य र समुदायबीच चलेको द्वन्द्वले हिंसात्मक स्वरूप लिंदै गएको छ।
यो प्रसंग निकाल्नुको कारण हो, अ ग्रामर अफ लिम्बू : बेस्ड अन द फेदाप डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्टल्यान्ड। ३८ वर्षअघि ‘वेस्ट बर्लिन’ ले प्रकाशन गरेको पुस्तकको मूल्य करीब २२ हजार रुपैयाँ थियो। अहिले जगदम्बा प्रकाशन ललितपुरले छापेको नयाँ संस्करणको मूल्य दुई हजार रुपैयाँ छ भने ७२२ पृष्ठको छ। यो किताब पढेपछि पूर्वी पहाडमा राज्यसँग आफ्नो अस्तित्वका निम्ति लडिरहेको लिम्बू समुदायबारे बुझ्न सघाउ पुग्छ। यसका लेखक हुन्, जर्ज भान ड्रिम।
उनले लामो समय लिम्बू गाउँमा बसेर अध्ययन त गरेका छन् नै, जीन परीक्षणको माध्यमबाट लिम्बूको उत्पत्ति र उनीहरूको इतिहासबारे पनि जानकारी बटुलेका छन्। भर्खरै बजारमा आएको पुस्तक अ ग्रामर अफ लिम्बू : बेस्ड अन द फेदाप डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्टल्यान्डमा केन्द्रित भएर हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक तथा भाषाविद् ड्रिमसँग गरिएको कुराकानी :
अतिथि : प्रा. जर्ज भान ड्रिम
अन्तर्वार्ता : जेबी पुन मगर
भिडिओ : सुमन नेपाली र अजय हाकजू
सम्पादन : राज यादव