होलीमा रंगीन वसन्तपुर (तस्वीरहरू)
मेलमिलाप र सद्भावको पर्व होलीको अवसरमा वसन्तपुर दरबार क्षेत्र रंगीन बनेको छ।
बिहानैदेखि स्वदेशी तथा विदेशी पर्यटक वसन्तपुर दरबार क्षेत्र पुगेका छन्। आगन्तुकहरू एकअर्कामा रंग दलेर होली मनाइरहेका छन्।
वसन्त ऋतुको आगमनसँगै फागु अर्थात् होली पर्व मनाउने गरिन्छ। रंग खेलेर होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा आज होली मनाइँदै छ भने तराई क्षेत्रमा भोलि होली मनाइनेछ।
होली पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने गरिन्छ। त्यस्तै, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि होली मनाइन्छ।
वसन्तपुर दरबार क्षेत्रका केही दृश्य :





