वीरगन्ज र जनकपुरमा टाटाका नयाँ गाडी सार्वजनिक
नेपाली बजारमा आएका टाटाका तीन नयाँ गाडी वीरगन्ज र जनकपुरमा सार्वजनिक गरिएका छन्।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी, नेक्सन के-३ ईभी र टाटा सफारीलाई सार्वजनिक गरेको हो। वीरगन्जस्थित प्राइम मोटर्समा नयाँ गाडी पाउन सकिनेछ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेश युनिटका प्रमुख सावन्त जंग सिजापतिले वीरगन्जमा टाटाका नयाँ गाडी सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए।
त्यस्तै, प्राइम मोटर्सका प्रोप्राइटर सुबोध सापकोटाले वीरगन्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडी सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए।
त्यस्तै, जनकपुरस्थित गिरिजा अटोमोबाइल्समा टाटाका नयाँ गाडी उपलब्ध छन्। टाटाको ईभी गाडी २७ लाख ४९ हजार रुपैयाँबाट शुरू गरेर ५६ लाख ९९ हजार रुपैयाँसम्म खरीद गर्न सकिनेछ।