सामसङको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर नेपाली बजारमा
गर्मी मौसमलाई ध्यानमा राखेर सामसङ नेपालले नयाँ बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ।
बिस्पोक एआई रेफ्रिजेरेटरमा अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय र स्टाइलिस डिजाइन रहेको कम्पनीले जनाएको छ। यसमा एआई इनर्जी मोड, कन्भर्टेबल ५–इन–१ मोडहरू र ट्वीन कुलिङ प्लस जस्ता एड्भान्स फिचर रहेका छन्।
नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्षमतामा उपलब्ध छन्। यसको मूल्य एक लाख १२ हजार ९९० रुपैयाँ शुरू हुन्छ भने अहिले विशेष छूट अफरमा एक लाख एक हजारमा खरीद गर्न सकिने कम्पनीले जनाएको छ।
नयाँ रेफ्रिजेरेटरको खरीद सजिलो बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्ससँगै डाउन पेमेन्टपछि शून्य प्रतिशत ब्याज ईएमआई सुविधा पनि छ।
सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्रालिद्वारा देशभर उपलब्ध गराइएको छ। यससँगै अनलाइनबाट पनि खरीद गर्न सकिने कम्पनीले जनाएको छ।