एनसेल बन्यो सुपर लिगको टाइटल स्पोन्सर
नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेड टाइटल स्पोन्सर बनेको छ।
ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा एनसेल र नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टबीच साझेदारी भएको छ। यस सहकार्य अन्तर्गत एनसेलले फूटबलको प्रवर्द्धन गर्न सहयोग गर्नेछ।
अखिल नेपाल फूटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा एनएसएल आयोजना हुँदै आएको छ। एनएसएलको तेस्रो संस्करण चैत १६ मा शुरू हुँदै छ।
प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी प्रतिस्पर्धा गर्नेछन्।
एनएसएलका म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले एनसेललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए। त्यस्तै, एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले एनएसएललाई समर्थन गरेर नेपाली फूटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न खोजेको बताए।