सभापति देउवालाई याेजना सुनाउन बुढानिलकण्ठ पुगे मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालयको योजना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुनाएका छन् ।
शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको निवास बुढानलीकण्ठ पुगेर मन्त्रालयको योजना सुनाएका हुन् ।
मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष–२०२० बारेमा मन्त्री भट्टराईले सभापति देउवालाई जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले भने, “मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।”
यसअघि मन्त्रालयको योजना प्रमुख प्रतिपक्षी दलका नेतालाई सुनाउने प्रचलन थिएन ।