निप्स ताफिसामा ४२५ बालबालिकाले गरे प्रतिस्पर्धा
मन्टेसरी एशोसिएशन नेपालको आयोजनामा अन्तरस्कूल खेलकूद प्रतियोगिता चौथो निप्स ताफिसा सम्पन्न भएको छ।
काठमाडौंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रतियोगितामा २१ वटा मन्टेसरी स्कूलका ४२५ बालबालिकाले प्रतिस्पर्धा गरेका थिए।
युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए। आउँदा दिनमा प्रतियोगिता आयोजनामा सघाउने मन्त्री चौधरीले आश्वासन दिए।

कार्यक्रममा मन्टेसरी एशोसिएशन नेपालकी अध्यक्ष सुष्मा लामाले मन्टेसरीको अन्तर्राष्ट्रिय खेल संस्था ताफिसाबारे जानकारी दिएकी थिइन्।
त्यस्तै, महासचिव शीतल रिजालले स्वागत मन्तव्य दिएको कार्यक्रममा कोषाध्यक्ष अप्सना राणाले धन्यवाद मन्तव्य राखेकी थिइन्। मन्टेसरी एशोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।
