पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
श्रेष्ठले परम्परागत कलाको संरक्षण र विश्वस्तरमा पुर्याएको योगदानका लागि सम्मानित गरिएको यती डिस्टिलरीले जनाएको छ। उनले परम्परागत नेवारी पौभा चित्रकलालाई समकालीन शैलीमा मिसाएर देवीदेवता र सांस्कृतिक कथाको चित्रण गर्दै आएका छन्।
उनको कलाकृति ‘द मिथिकल क्रेचर्स’ प्रसिद्ध छ। यसमा सजीव र निर्जीव दुवै जगत्का प्रतीकात्मक तथा अलौकिक जीवजन्तुलाई चित्रण गरिएको छ।
नेपाली कलाकारलाई समर्थन र सांस्कृतिक धरोहरको संरक्षण गर्ने कम्पनीको उद्देश्य अनुरूप नै कलाकार श्रेष्ठलाई सम्मानित गरिएको यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले बताए।