एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ अफर
एनसेलले कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सकिने अफर ल्याएको छ।
यस ‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत रिन्यूअल प्याक तथा अन्य प्रोडक्ट खरीद गर्दा आठ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन-नेट टक टाइम बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यसमा सधैं अन रिन्यूअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत विभिन्न १५ प्याक खरीद गर्न सकिनेछ।
जस्तो- ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याक लिएमा २८ दिनको समयावधि भएको ६५ जीबी डेटा बाहेक आठ जीबी डेटा वा २०० मिनेट अन-नेट टक टाइम वा २०० अन-नेट एसएमएस बोनस पाइनेछ।