‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘स्वीट्जरल्यान्डमा एकअर्काको भाषा बोल्न र सिक्न खोजिन्छ। अर्काको भाषामा राम्ररी बोल्न नसके खिसिटिउरी गरिंदैन। व्याकरण हेर्न थालिंदैन। वक्ताले भन्न खोजेको कुरामा ध्यान दिइन्छ।’
भनिन्छ, शासकले जबसम्म आफ्नो बहुसांस्कृतिक समाजको व्याकरण बुझ्दैन, तबसम्म देश कहिल्यै उँभो लाग्दैन। झन् नेपालमा त १४२ वटा जातजाति बसोबास गर्छन् भने १२४ वटा भाषा बोलिन्छन्। राज्यले त विविधताको यस्तो गम्भीरतालाई झन् बढी संवेदनशील भई बुझ्नुपर्ने हो।
जब सांस्कृतिक विशेषता बुझ्न सकिन्न, बहुसांस्कृतिक समुदायमाझ साम्प्रदायिक सद्भाव कसरी कायम राख्न सकिन्छ? कसरी एकअर्काको भावना र आस्थाको संवेदनशीलता बुझ्न सकिन्छ? एकअर्काको सांस्कृतिक मान्यताको बुझाइको कमीले अहिले पूर्वी पहाडमा विवाद चर्किंदै गएको छ। राज्य र समुदायबीच चलेको द्वन्द्वले हिंसात्मक स्वरूप लिंदै गएको छ।
यो प्रसंग निकाल्नुको कारण हो, अ ग्रामर अफ लिम्बू : बेस्ड अन द फेदाप डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्टल्यान्ड। ३८ वर्षअघि ‘वेस्ट बर्लिन’ ले प्रकाशन गरेको पुस्तकको मूल्य करीब २२ हजार रुपैयाँ थियो। अहिले जगदम्बा प्रकाशन ललितपुरले छापेको ७२२ पृष्ठको नयाँ संस्करणको मूल्य दुई हजार रुपैयाँ छ। यसका लेखक हुन्, जर्ज भान ड्रिम। उनले लामो समय लिम्बू गाउँमा बसेर अध्ययन त गरेका छन् नै, जीन परीक्षणको माध्यमबाट लिम्बूको उत्पत्ति र उनीहरूको इतिहासबारे पनि जानकारी बटुलेका छन्।
भर्खरै बजारमा आएको पुस्तक अ ग्रामर अफ लिम्बू : बेस्ड अन द फेदाप डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्टल्यान्डमा केन्द्रित भएर हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक तथा भाषाविद् ड्रिमसँग जेबी पुन मगरले गरेको कुराकानीको सम्पादित अंशः
यो किताबमा लिम्बूमा पनि फेदाप भाषाको कुरा गर्नुभएको छ र फेदाप भाषा बोलिने थलोलाई लिम्बूको प्राचीन ‘हर्टल्यान्ड’ भन्नुभएको छ। तेह्रथुममा फेदाप गाउँपालिका छ। यो व्याकरण के त्यही फेदाप वरिपरिको हो?
लिम्बुवानभित्र भाषिक विविधता छ। पाँचथर र सिक्किममा बोलिने भाषा फरक छ। बोल्ने जनसंख्या पनि बढी छ। तेह्रथुमको त्यति फरक छैन। फेदापको फरक छ। बोल्ने जनसंख्या पनि सानो छ। तर प्राचीन चाहिं फेदापमा बोलिने भाषा हो।
किताबको आवरणमा राख्नुभएको कुम्भकर्ण हिमालको तस्वीर जसलाई लिम्बूहरू फक्ताङ्लुङ भन्ने गर्छन्। सात हजार ७१० मिटर उचाइ रहेको विश्वको ३२औं अग्लो यो हिमालसँग लिम्बू भाषाको के सम्बन्ध छ?
फक्ताङ्लुङ वरपर लिम्बूका पुर्खा बसोबास गरेको विश्वास गरिन्छ। प्रमाण देखाउन गाह्रो छ, तर सूचकले त्यो देखाउँछन्। मुन्धुममा पनि यो उल्लेख छ।
अर्को, लिम्बूको ब्रह्माण्ड विज्ञान एकदम रुचिलाग्दो छ। यसमा हल्का लेखेको छु। फेदाङ्माहरू फक्ताङ्लुङ पुगेर ज्ञान लिई फर्कन्छन्। त्यसैले लिम्बूहरू फक्ताङ्लुङलाई पवित्र थलो मान्छन्।

यो किताबमा यहाँले लिम्बूको आराध्य थेवा र युमालाई लोग्ने र स्वास्नी लेख्नुभएको रहेछ। तर प्राज्ञ बैरागी काइँलाले मुन्धुममा यी दुईको बिहे भएको प्रसंग छैन भन्नुभयो। यसमा तपाईंको भनाइ के छ?
यो किताब मेरो विद्यावारिधिको शोधपत्र भएकाले समयमै सकाउनुपर्थ्यो। त्यति वेला मैले थेवा भनेको बाजे र युमा भनेको बज्यै भएको कारण अनुमानका आधारमा वा हतारमा तिनलाई लोग्ने-स्वास्नीका रूपमा लेखें। बैरागी काइँलाज्यू ठूलो विद्वान् हुनुहुन्छ। उहाँले मुन्धुमको गहिरो अध्ययन गर्नुभएको छ। उहाँले भनेको कुरा पक्कै सही हो। त्यो हामीले मान्नुपर्छ।
एकथरी भाषाशास्त्री र मानवशास्त्रीहरू लिम्बू लगायत किरातीहरू चीनतिरबाट नेपाल आएका हुन् भन्छन्। तर तपाईंको ‘थ्योरी’ चाहिं यसको उल्टो छ। यसो भन्नुका आधारहरू के हुन्?
मेरो ‘फाइन्डिङ’ धेरै मान्छेका निम्ति नौलो थियो। किनभने धेरै मान्छेले पुरानो सोचबाट आफ्नो धारणा बनाइरहेका थिए। त्यसको पछाडिको कारण थियो, इमान्यूअल कान्टको ‘थ्योरी’। पहिला ‘फिजिकल एन्थ्रोपोलोजिस्ट’ मात्र हुन्थे। त्यसपछि ‘कल्चरल एन्थ्रोपोलोजिस्ट’ आए। उनीहरू मान्छेको निर्क्योल तिनको रूपरंग र शरीरको बनावट हेरेर गर्थे। ती अनुमानमा आधारित हुन्थे। विभिन्न स्थानबाट पठाइएका स्केचका आधारमा कोठाभित्र बसेर मानवशास्त्रीहरू मान्छेको वर्गीकरण गर्थे।
इमान्यूअल कान्ट पनि यही श्रेणीका मानवशास्त्री थिए। उनले आफूले प्राप्त गरेका स्केचका आधारमा जर्मनीको पुस्तकालयमा बसेर मान्छेलाई विभिन्न चार उपजातिमा वर्गीकरण गरिदिए। त्यसमध्ये एउटा मंगोल थियो। मंगोलको उत्पत्ति मंगोलियामा भएको भनियो। त्यही सोच प्रचलित भयो। जुन पछि वैज्ञानिक रूपमा गलत सावित भयो।
चीन र जापानी भाषा समूह एउटै होइन, फरक छ। लिम्बू र चीनको मेन्डारिन एउटै भाषा समूहका हुन्। थाई अर्कै भाषा समूह पर्यो। पहिला यी कुरा थाहा थिएन। अहिले भाषाविद्हरूले यी सबै कुरा पत्ता लगाए।
डीएनए जाँचको नयाँ नयाँ प्रविधिका कारण पनि हाम्रा पुर्खा कुन समय कहाँबाट आए/गए भन्ने जान्न सकिने भयो। यो सबै जीनको परीक्षणबाट बुझ्न सकिन्छ।
चीनको हान जाति ठिमाहा जनजाति हो। किनकि विभिन्न अध्ययनबाट ऊ धेरै किसिमका जनजातिको मिश्रणबाट आएको देखिन्छ। हान जातिको सबैभन्दा ठूलो शाखाको जीनोम लिम्बू, मगर र अन्य किरातीसँग मिल्छ। तर चीनतर्फ दुई शाखा मात्र गएको देखिन्छ। बाँकी ४० भाषाका मूल शाखा धवलागिरि शृंखलामा थुप्रिएर बसेका छन्। ती पूर्वी नेपाल र सिक्किममा देखिन्छन्।
यदि उताबाट हान चिनियाँ यता आएको भए यहाँको जीनोम अर्कै देखिन्थ्यो, त्यस्तो देखिंदैन। त्यसैले मेरो ‘थ्योरी’ उताबाट यता आएको नभई यताबाट चीनतर्फ गएको हो भन्ने हो।
अन्य देशको अनुभवका आधारमा हाम्रो जस्तो विविध भाषाभाषी भएको देशको भाषानीति कस्तो हुनुपर्ला?
यूरोपमा भाषिक नीति राम्रो नहुँदा लामो कालसम्म विभिन्न भाषिक समुदायबीच द्वन्द्व चर्कन गयो। जस्तै- बेल्जियम। त्यहाँ द्वन्द्व धेरै पुस्तासम्म चल्यो। अहिले बिस्तारै त्यो साम्य हुँदै गएको छ।
यो पुस्तक विमोचनमा पनि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मोइलीले स्वीट्जरल्यान्डमा कसरी भाषिक नीति बनाइएको छ भनेर सुनाउनुभयो। त्यहाँ लिइएको बहुभाषिक नीतिले बेल्जियममा जस्तो समस्या आएन।
स्वीट्जरल्यान्डमा एकअर्काको भाषा बोल्न र सिक्न खोजिन्छ। त्यहाँ अर्काको भाषामा राम्ररी बोल्न नसके पनि खिसीटिउरी गरिंदैन। व्याकरण हेर्न थालिंदैन। वक्ताले भन्न खोजेको कुरामा ध्यान दिइन्छ। मान गरेर सिक्न खोजिन्छ। यो अर्काको भाषाप्रतिको सम्मान हो।
स्वीट्जरल्यान्डमा ६० हजार जनसंख्या हुने रोमान्श भाषालाई पनि कामकाजी भाषा बनाइएको छ। मान्छेले हरेक भाषालाई राष्ट्रिय धनको रूपमा लिन्छन्। रोमान्शलाई सबै स्वीट्जरल्यान्डवासीले ‘हाम्रै भाषा हो’ भनेर गौरव गर्छन्।
स्वीट्जरल्यान्डमा झैं नेपालमा पनि गुरुङ, बाहुन अथवा थारूले ‘लिम्बू भाषा हाम्रो भाषा हो’ भनी गौरव मान्न सके वा त्यसैगरी लिम्बू र मगरले ‘तामाङ भाषा हाम्रै भाषा हो’ भनी गौरव मान्न थाल्ने हो भने समस्या नै निस्कँदैन।
लेखक ड्रिमसँगको विस्तृत अन्तर्वार्ता भिडिओमा
किताबका कुराका थप सामग्री
- ‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
- ‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
- ‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’