राजापुरमा थारू साहित्य सम्मेलन
बर्दियाको राजापुरमा थारू साहित्य राष्ट्रिय सम्मेलन शुरू भएको छ।
थारू लेखक संघ नेपाल र जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियाको राजापुर-२, जोतपुर गाउँमा शुक्रबार सम्मेलन शुरू भएको हो। पूर्व मन्त्री गोपाल दहितले सम्मेलनको उद्घाटन गरेका छन्।
दुईदिने सम्मेलनमा थारू साहित्य, कला र संस्कृतिबारे छलफल हुने संघका अध्यक्ष कृष्णराज सर्वहारीले बताए।
.jpg)
सम्मेलनमा सहभागिता जनाउन देशभरका थारू समुदायका लेखक, साहित्यकार, बुद्धिजीवी तथा नेता राजापुर पुगेका छन्। थारू समुदायको साहित्य, कला, संस्कृतिका विषयमा आठ वटा सत्रमा बहस तथा छलफल हुने संघका केन्द्रीय सदस्य सोम डेमनडौराले बताए।
सम्मेलनमा विकास निर्माण, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितका विषयमा चर्चा हुनेछ। थारू लोकसाहित्य, बर्किमार (थारू महाभारत)का विषयमा पनि छलफल हुने जनाइएको छ।