‘जंगबहादुर राणाले आफ्नी तामाङ्नी भित्रिनीतर्फकी छोरीसँग मेरा बाजेका बाजेको विवाह गराइदिएका रहेछन्’
किताबमा मणि लामाले हिमाल, पहाड र तराईको जनजीवन, प्राकृतिक सौन्दर्य, जातजाति झल्काउने फोटो समेटेका छन्।
चार दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय नाम हो, मणि लामा। आफ्ना फोटो सिर्जनालाई उनले किताब आकारमा पनि प्रकाशन गर्दै आएका छन्। नेपाल : द हिमालयन किङ्डम (२०४८) र बौद्ध : रिस्टोरिङ द ग्रेट स्तूप (२०७७) प्रकाशन गरेका उनको हालै तेस्रो फोटो किताब नेपाल इन् मोनोक्रोम सोसल साइन्स बहाःबाट प्रकाशनमा आएको छ। यही किताब र उनको फोटोग्राफी यात्राबारे हिमालखबरको स्तम्भ किताबका कुरामा लेखक लामासँग गरिएको कुराकानी :
अतिथि : मणि लामा, नेपाल इन् मोनोक्रोम
अन्तर्वार्ता : गोपाल दाहाल
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : ‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’