टाटाको कर्भ ईभी नेपाली बजारमा
टाटाको विद्युतीय गाडी कर्भ ईभी नेपाली बजारमा आएको छ।
टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट नेपाली बजारमा ल्याएको हो। काठमाडौंमा आयोजित ‘टाटा ईभीः चार्जड् फर द फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ ईभी सार्वजनिक गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंदेलवालले नयाँ र गुणस्तरयुक्त उत्पादन मार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्ने उद्देश्य रहेको बताए।
त्यस्तै, सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा कर्भ ईभी टप भेरिएन्ट भित्र्याउन पाउँदा अत्यन्त उत्साहित भएको बताए। टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार तोकिएको छ।
त्यस्तै, टाटाका नयाँ गाडी नेक्सन केथ्री ईभी र टियागो ईभी २०२५ को मोडल पनि नेपाली बजारमा आउने घोषणा गरिएको छ।