पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरू
पर्यटकीय शहर पोखरामा एनसेल फाउन्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ शुरू भएको छ।
बूकवर्म फाउन्डेशनको आयोजनामा बिहीबार फेस्टिभलको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवर्तनका लागि साहित्य सशक्त हतियार भएको बताए। “पोखरामा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो,” उनले भने।
पर्यटन प्रवर्द्धन र विकासका लागि फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए।

उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी. लामाले विद्वत्प्रवचन दिएका थिए। समारोहमा भूमि लक्ष्मी पराजुलीद्वारा लिखित मर्मेड ह्वेल प्रिन्सेस चित्रकथा पुस्तकको विमोचन गरिएको छ।
आज शुरू भएको फेस्टिभल चार दिनसम्म चल्नेछ। कार्यक्रममा देश-विदेशका लेखक, साहित्यकार, कलाकार लगायत सहभागी छन्। कार्यक्रममा साहित्यसँगै समसामयिक विषयमा बहस हुनेछ।