वसन्तपुर दरबारमा शिवरात्रिको सेल्फी (तस्वीरहरू)
महाशिवरात्रि पर्व आज देशभर विधिपूर्वक पूजा तथा आराधना गरी मनाइँदै छ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। शिवको पूजा तथा आराधना गर्न विभिन्न क्षेत्रबाट भक्तजन वसन्तपुर दरबार क्षेत्र पुगेका छन्।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा शिवको पूजा तथा आराधना गरिन्छ। ब्रह्माले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरेर शिवरात्रि मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा तथा आराधना गर्दछन्।








