एनसेलले ल्यायो छोटो अवधिका डेटा प्याक अफर
एनसेलले छोटो अवधिका दुई वटा नयाँ डेटा प्याक अफर ल्याएको छ।
नयाँ प्याक अफरमा ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ छन्। कर सहित ९० रुपैयाँ शुल्क रहेको ‘९० अनलिमिटेड’ अफरमा दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेट चलाउन सकिनेछ।
त्यस्तै, ‘५० डेटा’ प्याक अन्तर्गत १.१ जीबी मोबाइल डेटा ५० रुपैयाँमा पाउन सकिनेछ। यो डेटा तीन दिनसम्म चलाउन पाइनेछ।
छोटो अवधिको डेटा लिन चाहने ग्राहकका लागि नयाँ डेटा अफर ल्याइएको एनसेलले जनाएको छ।