सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा भएको ‘गुरुक्षेत्र-२, २०२५’ कार्यक्रम सुनार नम्बर एक टाटा गुरु घोषणा भएका हुन्। टाटा गुरु (मेकानिक्स प्राविधिक)बीच सम्पन्न प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रममा देशभरबाट १०० टाटा गुरुले प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, लालबहादुर नेगी दोस्रो तथा ब्रह्मानन्द चौधरी र सञ्जय दनुवार तेस्रो भएका छन्। चारै जना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएको सिप्रदीले जनाएको छ।
उनीहरूसँगै अनिल श्रेष्ठ, शर्वनकुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिराज खत्रीले टाटा मोटर्सको प्लान्ट्समा तालीम लिन पाउनेछन्। आठौं स्थानसम्म रहेका टाटा गुरुलाई यो अवसर प्रदान गरिएको हो।
कार्यक्रममा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले टाटा गुरुहरूलाई प्राविधिक रूपमा दक्ष बनाउन सिप्रदी सदैव तयार रहेको बताए। त्यस्तै, सिप्रदी ग्रूपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले निजी क्षेत्रका प्राविधिकको सीप र दक्षता अभिवृद्धिका लागि भविष्यमा पनि काम गरिने बताए।
कार्यक्रममा टाटा गुरुहरूलाई रोयल इनफिल्ड मोटरसाइकल एउटा, पल्सर १५० दुई वटा, एफ.जेड एउटासँगै टीभी, फ्रिज, मोबाइल, वाशिङ मशिन लगायत सामग्री वितरण गरिएको थियो।