तस्वीरमा ७५औं प्रजातन्त्र दिवस
७५औं प्रजातन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी देशभर भनाइँदै छ।
काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्ति सहभागी भएका छन्। समारोहमा विविध सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ।
निरंकुश एकतन्त्रीय जहानियाँ राणाशासनको अन्त्यपछि २००७ सालमा प्रजातन्त्रको घोषणा भएको थियो। १०४ वर्षे राणाशासन अन्त्य भएको दिन फागुन ७ मा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ।





