हिमपातले रोमाञ्चक मर्दी पदमार्ग (तस्वीरहरू)
हिउँद सकिनै लाग्दा मर्दी पदमार्गमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटक रमाएका छन्।
यस वर्ष मर्दी पदमार्गमा हिमपात भएको थिएन। अहिले आएर हिमपात भएपछि मर्दी क्षेत्र सेताम्य बनेको छ। “मर्दी क्षेत्र पुगेका पर्यटक रमाएका छन्,” मर्दीका पर्यटन व्यवसायी चिमनारायण गौतमले भने।
मर्दी क्षेत्रमा सोमबार साँझदेखि अलिअलि वर्षा भएको थियो। त्यसपछि मंगलबार अपराह्नदेखि हिउँ परेको गौतमले बताए। “हिउँ विना नै हिउँद सकिन्छ कि जस्तो लागेको थियो, हिमपातले ज्यान भरेको छ,” उनले भने।
![mardi (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/mardi (1).jpg)
मर्दी आधारशिविरमा पर्ने सिधिङ लगायत पदमार्ग क्षेत्र सेताम्य भएको मर्दी हिमाल रहेको अन्नपूर्ण गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए। “हिउँसँग खेल्न आएका पर्यटक निराश भएर फर्किरहेका थिए, अहिले आएर हिमपात हुँदा सन्तोष मिलेको छ,” वडाध्यक्ष क्षेत्रीले भने। यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ।
अन्नपूर्ण लगायत हिमाल नजीकबाट नियाल्न सकिने भएकाले यो पदमार्ग चर्चित छ। सिजनमा दैनिक ३०० भन्दा बढी पर्यटक मर्दी क्षेत्र पुग्ने गरेका छन्।
यो पनि पढ्नुहोस् : हराए भेडीगोठ, भेटियो मर्दी
![mardi (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/mardi (2).jpg)
![mardi (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/mardi (3).jpg)
![mardi (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/mardi (4).jpg)
![mardi (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/mardi (6).jpg)