सांसदका प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नका उत्तर दिंदै छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्। सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले उत्तर दिनेछन्।
यससँगै आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।