पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किंदा मेयर आचार्य घाइते (तस्वीरहरू)
पोखरा भ्रमण वर्ष घोषणाको उद्घाटन समारोहमा ल्याइएको बेलुन पड्किँदा मेयर धनराज आचार्य घाइते भएका छन्।
पोखरा सभागृहमा शनिबार मध्याह्न डिजिटल बत्तीबाट पानस बालिएको थियो। त्यसबाट निस्केको आगाको झिल्काले पोखरा भ्रमण वर्ष लेखिएको बेलुन उडाउँदा छोएको थियो।
आगाको झिल्काले समात्ने बित्तिकै बेलुन पड्किएको हो। बेलुन पड्किंदा मेयर आचार्यको कपाल डढेको छ भने गाला जलेको छ। उनी घाइते भएका छन्।
अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्यलाई बेलुन दिइँदै।
मेयर आचार्यलाई फिस्टेल हस्पिटल लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, अर्थमन्त्री विष्णु पौडेल पनि सामान्य घाइते भएका छन्। उनको कपाल जलेको छ। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ।
पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउँदै छ। त्यसको आज अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम थियो।
बेलुन उडाउन खोज्दै अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य तथा पानसबाट निस्किरहेका आगाका झिल्का।
आगाका झिल्काले समातेपछि अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्यको हातमै पड्किएका बेलुन।
बेलुन पड्किएपछि निस्केको ज्वालामा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य।
घाइते मेयर धनराज आचार्य।
आगो सल्किएपछि कोट फुकाल्दै अर्थमन्त्री विष्णु पौडेल।