एचपीभी खोप सुरक्षित छ : समीरमणि दीक्षित
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप महत्त्वपूर्ण रहेको जनस्वास्थ्यविद्ले बताएका छन्।
सरकारले माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरेको छ। कतिपयले खोपको प्रभावकारिताका सम्बन्धमा टीकाटिप्पणी पनि गरेका छन्। तर एचपीभी खोप सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्। “एचपीभी खोप लगाउने किशोरीमा पाठेघरको मुखको क्यान्सरको जोखिम एकदमै न्यून हुन्छ,” डा. दीक्षित भन्छन्।
अतिथि : डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविद्
अन्तर्वार्ता : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव