यो विधेयकमा सुधार्नुपर्ने वा हटाउनुपर्ने धेरै कुरा छन् : सन्तोष सिग्देल, अधिवक्ता
सामाजिक सञ्जालको प्रयोगसँगै विधेयकमा केन्द्रित रहेर डिजिटल राइट नेपालका कार्यकारी निर्देशक एवं अधिवक्ता सन्तोष सिग्देलसँग गरिएको कुराकानी:
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सरकारले माघ १५ मा राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयक दर्ता भएसँगै पक्ष र विपक्षमा बहस शुरू भएको छ। संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित पार्न खोजेको भन्दै कतिपयले विरोध गरेका छन् भने कतिपय सामाजिक सञ्जाल नियमन जरूरी रहेको भन्दै पक्षमा उभिएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समाजमा सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव देखिएको छ। मिथ्या, गलत र भ्रामक सूचनाको चुनौती पनि उस्तै छ। सामाजिक सञ्जालको प्रयोगसँगै विधेयकमा केन्द्रित रहेर डिजिटल राइट नेपालका कार्यकारी निर्देशक एवं अधिवक्ता सन्तोष सिग्देलसँग गरिएको कुराकानी:
अतिथि : सन्तोष सिग्देल, अधिवक्ता एवं कार्यकारी निर्देशक डिजिटल राइट्स नेपाल
अन्तर्वार्ता : धनु विश्वकर्मा
क्यामेरा : शमशाद अहमद
सम्पादन : राज यादव