किताबका कुरा : दाजु गुरुङसँग
निरज र जोया पात्रको नामबाट उपन्यासको नाम निरजोया राखिएको हो। यो विदेश गएर त्यहाँका स्थानीय युवतीसँग विवाह गरेर बस्ने युवाको कथा हो।
लेखक दाजु गुरुङको पछिल्लो उपन्यास हो, निरजोया। हङकङमा बसेर साहित्यकर्मलाई अघि बढाउँदै आएका लेखकका टाँकीका फूलहरू र लाई-सी पुस्तक प्रकाशित छन्। उपन्यासको परिवेश माओवादी सशस्त्र द्वन्द्वकालको हो, जति वेला मलेशियामा नेपालीका लागि रोजगारी खुलिसकेको थिएन। यही उपन्यासमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक गुरुङसँग गरिएको कुराकानी :
अतिथि : दाजु गुरुङ
अन्तर्वार्ता : जेबी पुन मगर
क्यामेरा : इन्द्र पुन
सम्पादन : राज यादव