एचपीभी खोप अभियानबारे विज्ञहरू के भन्छन् ?
संक्रमित हुनुभन्दा पहिले नै एचपीभी खोप लगाएको खण्डमा मात्र फाइदा पुर्याउने जनस्वास्थ्यविद्हरू बताउँछन्।
पाठेघरको मुखको क्यान्सर गराउने भाइरस विरुद्धको एचपीभी खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरेर सरकारले यो अभियान सञ्चालन गरेको हो। देशभर १८ हजार ९०० माध्यमिक विद्यालय र आठ हजार दुई स्वास्थ्य केन्द्रमा खोप केन्द्र राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ६ जनामा पाठेघरको मुखको क्यान्सरको संक्रमण देखिने गरेको छ भने यसबाट हरेक दिन चार जनाको ज्यान जाने गरेको छ।