गृहमन्त्रीले फोनमा ‘हुन्न’ भनेपछि राेकिएकाे वार्ता पुनः हुँदै
मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाइन हुँदैन भन्दै शुरू भएको संघर्षका क्रममा माघ १२ गते सुरक्षाकर्मीको गोली लागी तीन आन्दोलनकारी गम्भीर घाइते भएपछि बिग्रिएको वातावरण अझै शान्त भइसकेको छैन।
आन्दोलनकारीले नौ जिल्ला बन्द गरेपछि सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा माघ २० मा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीले २१ माघमा आन्दोलनकारीसँग चार घण्टा लामो वार्ता गरेको छ। आन्दोलनकारीका तर्फबाट अमर तुम्याहाङ, राम मादेन र सरु सिंघक वार्तामा सहभागी थिए। ललितपुरस्थित हिमालयन होटलमा बेलुकी ४ बजे शुरू भएको वार्ता ९ बजेसम्म चलेको थियो।
वार्तामा आन्दोलनकारीले निर्माणकार्य तत्काल रोक्न गरेको आग्रहलाई संयोजक भट्टराईले गृहमन्त्रीले नमानेको भन्दै जवाफ दिएपछि वार्ता निष्कर्षविहिन रूपमा टुंगिएको छ। आज बिहान ११ बजे पुनः बस्ने भन्दै वार्ता टुंग्याइएको थियो। चार घण्टा लामो वार्तामा सरकार र आन्दोलनकारीबीच रोचक अनौपचारिक कुराकानी पनि भएका छन्। दुई पक्षबीच के के कुरा भए त? यो ‘भिडिओ ब्रिफिङ’ सुन्नुहोस्।