‘कुम्भकर्ण जस्तो निदाएर बस्ने हो भने कसैको पनि स्वतन्त्रता सुनिश्चित हुँदैन’
संसारमै नभएको कानून ल्याउन खोजियो भनेर मिथ्या सूचना दिनु हुँदैन। मलाई सम्पर्क गर्दा हुन्छ, म यस्ता पचासौं कानूनको सूची दिन सक्छु, जसमा वाक् तथा अभिव्यक्ति स्वतन्त्रता नियमन गरिएको छ, सार्वजनिक हितमा, सत्तासीनको हितमा होइन।
सरकारले यही माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको आलोचना शुरू भएको छ। संसद्को हिउँदे अधिवेशन लक्षित विधेयक दर्ता भएसँगै किन भयो त विरोध? कस्ता छन् विधेयकमा प्रस्तावित प्रावधान? विधेयकले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउँछ? विधेयकमा केन्द्रित रहेर संविधानविद् प्राध्यापक विपिन अधिकारीसँग सन्त गाहा मगरले गरेको संवाद:
अतिथि : विपिन अधिकारी, संविधानविद्
अन्तर्वार्ता : सन्त गाहा मगर
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव