सीता राना मगरले लिइन् पाँच विकेट
त्रिदेशीय महिला टी-२० शृंखला अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा सीता राना मगरले पाँच विकेट लिएकी छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको छ। राम्रो शुरूआत गरेको नेदरल्यान्ड्सले अन्तिमतिर भने लगातार विकेट गुमाउन पुगेको थियो।
नेदरल्यान्ड्सका लागि बबेट डिलेडले ४१, हेदर सिगर्सले २६, फेब मोल्केनबर र रोबिन रिज्केले २१-२१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि मगरले तीन ओभरमा १२ रन खर्चेर पाँच विकेट लिइन्। टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि १६ रन खर्चेर पाँच विकेट लिएकी थिइन्।
त्यस्तै, मनीषा उपाध्यायले दुई, कविता जोशी र इन्दु बर्माले एक-एक विकेट लिए। यो शृंखलामा नेपालले जित हासिल गर्न सकेको छैन।