कविता र विन्दुको साझेदारीमा नेपालको सम्मानजनक स्कोर
कविता कुँवर र विन्दु रावलले छैटौं विकेटका लागि साझेदारी गरेपछि नेपालले थाइल्यान्ड विरुद्धको खेलमा सम्मानजनक स्कोर बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको नेपालले नौ विकेटको क्षतिमा १०१ रन बनाएको छ। नेपालका लागि कविता कुँवर र विन्दु रावलले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे।
कुँवर र रावलले २५-२५ रन बनाइ्न। कुँवरले ३२ बलमा दुई चौका प्रहार गरिन् भने रावलले २५ बलमा तीन चौका प्रहार गरिन्।
त्यस्तै, कप्तान इन्दु बर्माले १५ रन बनाइन्। अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।
थाइल्यान्डका लागि थिपाचा पुट्थावाङले तीन, फनिता माया र नताया बूचथमले दुई-दुई तथा चनिदा सुट्थिरुङले एक विकेट लिइन्।
त्रिदेशीय महिला टी-२० शृंखला अन्तर्गतको नेपाल दोस्रो खेलमा थाइल्यान्ड प्रतिस्पर्धा गरिरहेको छ। नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको थियो।