‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
‘उनीहरूको समाज पुरुषले भन्दा महिलाले काम गर्नुपर्छ भन्ने खालको छ। काम बढी गर्ने भएपछि स्वतः महिलाकै अधिकार धेरै हुने भयो। परिवारमा बाबुको भन्दा आमाकै बोलबाला देखिन्छ।’
लेखक दाजु गुरुङको पछिल्लो उपन्यास हो, निरजोया। हङकङमा बसेर साहित्यकर्मलाई अघि बढाउँदै आएका लेखकका टाँकीका फूलहरू र लाई-सी पुस्तक प्रकाशित छन्। निरज र जोया पात्रको नामबाट उपन्यासको नाम निरजोया राखिएको हो।
यो विदेश गएर त्यहाँका स्थानीय युवतीसँग विवाह गरेर बस्ने युवाको कथा हो। उपन्यासको परिवेश माओवादी सशस्त्र द्वन्द्वकालको हो, जति वेला मलेशियामा नेपालीका लागि रोजगारी खुलीसकेको थिएन। यही उपन्यासमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक गुरुङसँग जेबी पुन मगरले गरेको कुराकानीको संक्षिप्त अंश :
यो उपन्यासकी मुस्लिम पात्र जोया स्वन्त्र र आत्मनिर्भर छिन्। दक्षिणएशियाली समाजमा मुस्लिम पात्रलाई बुर्काभित्र राखिन्छ भन्ने एक खालको सोचाइ पाईन्छ। मलेशियाकी पात्र जोयाले जुन स्वतन्त्रता पाएकी छन् त्यो पूर्वी एशियामा मात्र लागू हुन्छ कि मलेशियामा मात्रै?
मुस्लिम समाज भन्ने बित्तिकै हाम्रो दिमागमा धेरै शर्तहरू पालना गर्नुपर्ने समाजको चित्र आउँछ। महिला त झनै धेरै शर्त पालना गर्नुपर्छ जस्तो लाग्छ। भारत, पाकिस्तान वा अरब देशको देखेर होला मुस्लिम महिलाहरू कठोर नियन्त्रणमा रहन्छन् भन्ने हामीलाई लाग्छ।
वास्तविकता त्योभन्दा फरक छ। दक्षिण र मध्यएशियाका तुलनामा पूर्वी एशियामा मुस्लिम महिलाहरू बढी नै स्वतन्त्र छन्। त्यहाँ मातृसत्तात्मकता बलियो छ।
पुस्तकमा जोयाले नेपाली पात्र निरजलाई मलेशियामा चार वर्ष घरमा राखेर आफू बाहिर काम गर्न गएको वर्णन छ। जोयाले आफ्ना श्रीमानलाई काम गर्न पनि दिएकी छैनन्। निरज घर कुरेर मोज गरेर बसेको हुन्छ। वास्तविकमै त्यस्तो समाज हो उताको?
मैले अध्ययन गर्दा उनीहरूको समाज पुरुषले भन्दा महिलाले काम गर्नुपर्छ भन्ने खालको छ। यो अढाई दशक अगाडिको कुरा हो। अहिले केही परिवर्तन आएको छ। काम बढी गर्ने भएपछि स्वतः महिलाकै अधिकार धेरै हुने भयो। परिवारमा बाबुको भन्दा आमाकै बोलबाला देखिन्छ।
घरमा बसीबसी खाना पाएका निरजलाई मलाई शारीरिक सुखका लागि मात्रै राखिएको हो कि वा म खेलौना मात्रै भएकी भन्ने पर्छ। चार वर्षपछि त्यो घर छोडेर भाग्छ र उसले दुःख पाउँछ। यो सन्दर्भमार्फत चित्रण गर्न खोजिएको के हो?
हामीकहाँ पुरुषले नै बाहिर काम गर्नुपर्छ भन्ने छ। महिलालाई जति नै अधिकार भए पनि पुरुषको पौरखले नै घर सम्पन्न बनाउनुपर्छ भन्ने मान्यता छ। त्यस्तो संस्कारमा हुर्किएका निरज अब श्रीमतीको कमाईमा बाँच्न हुँदैन भन्नेमा पुग्छ।
निरजलाई आफू हुर्किएको संस्कारले घच्घच्याएको हो। जति नै भने पनि नेपाली समाजमा श्रीमान् त्यसरी बस्न सम्भव छैन। निरज पनि कति वर्षसम्म बसोस्, त्यही पनि चार वर्षसम्म बस्यो। बाध्यतावश केही वर्ष बसेपछि असह्य भएर निस्कियो। त्यो आफैसँगको विद्रोह, प्रतिवादको फल हो।
निरजले मलेशियामा बस्न प्रहरीलाई घूस दिएका हुन्छन्। त्यहाँका प्रहरी उपन्यासमा भने जस्तै घुस्याहा हुन्छन्?
प्रहरीले घूस खानु त्यहाँको प्रवृत्ति नै रहेछ। ससानो कुरामा पनि घूस लिने गर्दा रहेछन्। भारतमा पनि त्यस्तै छ, केही पाएन भने बिंडी पनि घूस लिने।
प्रहरीलाई गाली गर्दा ठाउँ-ठाउँमा ‘हाम्रो पुर्खाले बनाइ दिएको मलेशियामा तिमीहरूले एक छाक खाना पुग्ने गरी पनि नोकरी दिएका छैनौ’ भनिएको छ, किन?
हो, उपन्यासमा त्यो आक्रोश छ। निरज र उसका साथीहरू भागेर जंगल पस्दा उनीहरू त्यस्तो अभिव्यक्ति दिएका हुन्। प्रहरीको हिरासतमा पनि त्यो कुरा आउँछ। किनभने उनीहरूलाई आफ्ना पुर्खा धेरै वर्ष त्यो ठाउँमा बसेको थाहा छ।
ब्रिटिशहरूले आफ्ना पुर्खालाई कसरी प्रयोग गरे भन्ने कुरा त उनीहरूले बाउ-बाजे वा समाजबाट सुनेका हुन्छन्। त्यही कुरा आक्रोशको रुपमा व्यक्त गरेका हुन्।
किताबका कुराका थप सामग्री
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’