‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘नदीमा बगेको पानी खेर गएको होइन, त्यो त बग्छ र फेरि फर्केर आउँछ। त्यसैले पानी कसैको पनि हुँदैन। त्यसलाई सदुपयोग गर्ने हो।’
६ वर्षअघि समाजशास्त्री, भूगर्भशास्त्री र नदीविज्ञको टोली कर्णाली नदीको समग्र अवस्थाको अध्ययन र सदुपयोगबारे बुझ्न उद्गमस्थल तिब्बतको माप्चाचुंगुमा पुग्यो। त्यो टोली कर्णालीलाई पछ्याउँदै ४५ दिनमा भारतको घाघरा पुग्यो, जहाँ कणाली विसर्जन हुन्छ।
अध्ययन टोलीका सदस्य रमेश भुसालले यो यात्रालाई पुस्तकको रूप दिएका छन्, छालबाटो। १० पाठमा विभाजित ३१३ पृष्ठको पुस्तकमा झन्डै एक हजार १०० किलोमिटरको कर्णाली नदीको शिरदेखि पुछारसम्म र शिरमा पुग्न काठमाडौंदेखि तिब्बतसम्मको अर्को झन्डै एक हजार किलोमिटरको यात्रावृत्तान्त छ। यही पुस्तकमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक भुसालसँग महेश्वर आचार्यले गरेको कुराकानी:
विस्तृत् पढ्नः https://www.himalkhabar.com/news/143756