वृज एडिटिभ्सद्वारा नयाँ सात वटा सामग्री उत्पादन गर्ने घोषणा
वृज एडिटिभ्स प्रालिले सात वटा नयाँ उत्पादन बजारमा ल्याउने घोषणा गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक रवि रञ्जन कुमारले निर्माण उद्योगले सामना गरिरहेका चुनौती पूरा गर्न नयाँ निर्माण सामग्री बजारमा ल्याउन लागिएको बताए। “नवीनता र गुणस्तर हाम्रो प्रत्येक कार्यको केन्द्रमा छ,” कुमारले भने, “नयाँ उत्पादन शृंखला नेपालको निर्माण अभ्यास सुधार गर्न हाम्रो प्रतिबद्धताको प्रमाण हो।”
कम्पनीले निर्माण सामग्रीको नयाँ शृंखला अन्तर्गत टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाटरप्रूफिङ सिस्टम, टाइल ग्राउट र रेडी मिक्स प्लास्टर छन्।
वृज एडिटिभ्स १०० वर्षभन्दा पुरानो केडिया अर्गनाइजेशनको हिस्सा रहेको छ। कम्पनीले तीन वर्षदेखि अत्याधुनिक प्रविधिबाट निर्माण सामग्री उत्पादन गर्दै आएको छ।