यू-१९ विश्वकपमा नेपाललाई विशाल लक्ष्य
आईसीसी महिला यू-१९ विश्वकपमा नेपालले १४० रनको विशाल लक्ष्य पाएको छ।
मलेशियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो। अस्ट्रेलियाका लागि क्यामी ब्रेले ४५, इलेनर ल्यारोसाले ३१, हस्रत गिलले ३० र क्लोई अन्सवर्थले १६ रन बनाए।
नेपालका लागि पूजा महतोले तीन, सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
लिग चरणमा यो नेपालको अन्तिम खेल हो। पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। जित्न सकेमा भने अर्को चरणमा प्रवेश गर्नेछ।
यसअघि भएका दुई खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा बाङ्लादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो।