राजेन्द्र महतोको दल दर्ता
राजेन्द्र महतोले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन्।
पूर्व उपप्रधानमन्त्री महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक दल मंगलबार आयोगमा दर्ता भएको हो। महतोले गत कात्तिक ९ गते दल दर्ताका लागि निवेदन दिएका थिए।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दर्ता दलको संख्या १२२ पुगेको छ।