अमेरिकामा टिकटक बन्द
सामाजिक सञ्जाल टिकटक अमेरिकामा बन्द गरिएको छ।
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका वेला टिकटक कम्पनीले नै बन्द गरेको हो। एप स्टोरबाट टिकटक हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आफ्ना प्रयोगकर्तासँग क्षमायाचना गर्दै हाललाई अमेरिकामा सेवा अवरुद्ध भएको टिकटकले जनाएको छ। अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो।
अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ। यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो।
केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गूगल एप स्टोरबाट पनि हटाइएको बताएका छन्।