राष्ट्रपतिबाट भूमि अध्यादेश पनि जारी
राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश पनि जारी गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। यसअघि राष्ट्रपति पौडेलले यो अध्यादेश रोकेका थिए।
सरकारले पाँच वटा अध्यादेश सिफारिश गरेको थियो। जसमध्ये चार वटा अध्यादेश पुस २९ गते जारी भएका थिए भने यो अध्यादेश रोकिएको थियो।