एनसेललाई आईएसओ मान्यता
एनसेलले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को मान्यता पाएको छ।
एनसेललाई डेटा सुरक्षा र गोपनीयताका लागि नयाँ मापदण्ड स्थापना गरेकोमा आईएसओ मान्यता प्रदान गरिएको हो। यससँगै सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने एनसेल देशकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ।
विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको प्रतिफल भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताएका छन्। यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति एनसेलको प्रतिबद्धतालाई उजागर गरेको उनको भनाइ छ।
ग्राहक र साझेदारका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपाय अपनाएको कम्पनीले जनाएको छ। अझै सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न थप सुदृढ भएर लाग्ने एनसेलले प्रतिबद्धता गरेको छ।