काठमाडौंमा भूकम्पको धक्का महसूस
काठमाडौं र आसपासको क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसूस भएको छ।
मंगलबार बिहान तिब्बतमा भूकम्प गएको हो। अमेरिकी जियोलोजिकल सर्भेले बिहान ६:५० बजे तिब्बतको सिगात्से नजीक केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।
तिब्बतमा केन्द्रबिन्दु भए पनि यसको धक्का नेपालसँगै चीन, भारत र भूटानसम्म महसूस गरिएको छ।