गाडी भाडा बढ्यो, कुन रूटमा कति?
सरकारले सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ।
यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी गाडी भाडा बढाउने निर्णय गरेको हो। विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा बढाएको हो।
विभागले यात्रुवाहक सवारीसाधनमा ३.३ प्रतिशतले भाडा बढाएको छ। त्यस्तै, मालवाहक सवारीसाधनको पहाडी बाटोमा ०.८१ प्रतिशत र तराईको बाटोमा ०.०५ प्रतिशतले भाडा बढाएको हो।
देशभरका रूटमा बढेको भाडा विवरण