उपनिर्वाचन परिणामले भावी निर्वाचनको पूर्वानुमान गर्दैन : एमाले
नेकपा (एमाले)ले गत मंसीरमा सम्पन्न उपनिर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान नगर्ने जनाएको छ।
४४ जनप्रतिनिधि छान्न १.२६ प्रतिशत (दुई लाख २६ हजार ७९९ मतदाता)ले मतदान गरेको उपनिर्वाचनलाई मात्रै आधार मानेर विश्लेषण गर्न नसकिने एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। यद्यपि यसबाट २०७९ सालको निर्वाचनको तुलनामा मतदाताको बदलिंदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि, नयाँ दल र राजावादी शक्तिहरूको खस्किंदो अवस्था बुझ्न मद्दत मिल्ने प्रतिवेदनको ठहर छ।
नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनमा आफ्नो लोकप्रिय मत बढेको भनेर भ्रम सिर्जना गरेको एमालेको आरोप छ। ६ दलीय गठबन्धनका वेला माओवादीले उम्मेदवार नै नउठाएकाले शून्य मत भएको ठाउँमा अहिले प्राप्त मत जोड्दा बढेको देखिएको एमालेको दाबी छ।
एमालेले आफ्नो पार्टीलाई अपेक्षाभन्दा कम मत आएको भने स्विकारेको छ। विगतमा जितेका वडामध्ये एउटामा मात्र विजयी हुनु, कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र शहरिया जनमत आकर्षित नहुनुलाई भने गम्भीर रूपमा लिएको जनाएको छ।
यो पनि पढ्नुहोस् : पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ : ओली