ग्लोबल आइएमई ब्यांकको वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छूट
ग्लोबल आइएमई ब्यांक लिमिटेडकोे १८औं वार्षिकोत्सव अवसरमा दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छूट पाइने भएको छ।
ग्लोबल आइएमई ब्यांकका कार्डवाहकका लागि यो योजना सार्वजनिक गरिएको छ। ब्यांकले आज १८ वर्ष पूरा गरेको छ।
यस अवसरमा आज (पुस १८)देखि पुस २४ गतेसम्म दराजबाट सामान किन्दा १८ प्रतिशत छूट पाइने ब्यांकले जनाएको छ। ग्लोबल आइएमई ब्यांकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा कुल खरीद मूल्यमा १८ प्रतिशत छूट पाइनेछ। यससँगै ब्यांकले १८ जना ग्राहकलाई एअरबड प्रदान गर्नेछ।
छूट पाउन ग्राहकले दराजबाट न्यूनतम एक हजार ८०० रुपैयाँको सामान खरीद गर्नुपर्नेछ।